Monday, February 2, 2026

पर्साका छिपहरमाईमा तस्करीको विरोधमा युवाहरूको प्रदर्शन:-

ताजा / भरखरै प्राप्त

पर्सा — छिपहरमाई गाउँपालिकाभर तस्करीमा सुरक्षाकर्मीहरूको संलग्नता भएको आरोप लगाउँदै स्थानीय युवाहरूले तीव्र विरोध प्रदर्शन गरेका छन्।

युवाहरूले गाउँपालिकाको कार्यालयदेखि भिस्वाको सगीरबाबु चौक हुँदै सीमा नाकासम्म रैली निकालेका हुन्। प्रदर्शनको क्रममा सगीरबाबु चौकमा टायर बालेर आक्रोश पोख्दै, तस्करी रोक्न र दोषी जो कोही भए पनि कानुनी कारबाही गर्न माग गरेका छन्।

प्रदर्शनकारीहरूले भने, “सुरक्षाकर्मी र ठूला व्यापारीको मिलेमतोमा चल्दै आएको तस्करी अब सह्य छैन। छिपहरमाईलाई तस्करीको केन्द्र बनाउन दिइँदैन।”

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles