बिहारको रक्सौलमा ऐतिहासिक प्रमोद कुमार कुशवाहा विजय भएका छन् । जनविश्वासको अदम्य शक्ति
रक्सौलमा प्राप्त ऐतिहासिक विजय जनताजनार्दनले दिएको अटुट विश्वासको प्रतिफल हो जनाइएको छ ।
यहाँका देवतुल्य मतदाताप्रति हार्दिक आभार व्यक्त गर्दै जनप्रतिनिधि पक्षले यो जित व्यक्तिगत नभई सम्पूर्ण रक्सौलवासीको आत्मविश्वास, एकता र निरन्तर विकासको चाहनाको परिणाम भएको जनाएको छ।
मतदाताले देखाएको भरोसा आगामी पाँच वर्षको कार्यकालका लागि सबैभन्दा ठूलो संकल्प र प्रेरणाका रूपमा रहनेछ । विकास, सुशासन र जनहितका कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइने प्रतिवद्धता रहेको जनाइएको छ ।


