शुक्रबारको दिन एक महान र बरकतपूर्ण दिन हो ।
यो हप्ताका सबै दिनहरूका सरदार हो,जसका धेरै गुणहरू छन् । यसदिन सूर्य उदाएको सबै दिनहरू मध्ये सबैभन्दा उत्तम दिन हो । यसमा एउटा यस्तो घडी हुन्छ जसमा गरिएको प्रार्थना अस्वीकार हुँदैन ।
यो दिन अल्लाहले एक हप्ता सम्मका साना पापहरू माफ गर्नुहुन्छ । यसदिन नबी मुहम्मद ﷺ माथि धेरै भन्दा धेरै दरुद (प्रार्थना) पठाउन,सूरह कहफ पढ्नु र स्नान गर्नु ।
शुक्रबारका गुणहरू:
बरकतपूर्ण दिन:
यो हप्ताको सबैभन्दा उत्तम दिन हो। यसै दिन आदम (उहाँ माथि शान्ति होस्) सृष्टि भएको थिए, स्वर्गमा प्रवेश गरेको थिए र त्यसै दिन स्वर्गबाट बाहिर निकालिएको थिए । साथै, प्रलयको दिन पनि शुक्रबारमै हुनेछ।
प्रार्थना स्वीकृत हुने घडी:
यसदिन एउटा यस्तो घडी हुन्छ जसमा कुनै मुस्लिमले अल्लाहसँग केही माग्दा उहाँले अवश्यै प्रदान गर्नुहुन्छ। यो घडी अस्र नमाजपछि अन्त्यतिर पर्छ ।
पाप_माफ हुने दिन:
एक शुक्रबारदेखि अर्को शुक्रबारसम्म र एक रमजानदेखि अर्को रमजान सम्मका बीचमा भएका साना पापहरू माफ गरिन्छ, यदि मानिसले ठूला पापहरूबाट जोगिएको छ भने ।
परलोकमा सुख:
जसको मृत्यु शुक्रबार वा शुक्रबारको रातमा हुन्छ, उसलाई अल्लाहले कब्रको यातनाबाट बचाउनुहुन्छ । तर उसको आस्था र कर्म अनुसार हुनेछ ।
सबैभन्दा उत्तम नमाज: शुक्रबारको बिहान (फज्र)को नमाज जमातमा पढ्नु अल्लाहको नजरमा सबैभन्दा उत्तम नमाज हो।
शुक्रबारमा गर्न योग्य कामहरू:
स्नान (गुसुल): प्रत्येक मुस्लिमका लागि शुक्रबार स्नान गर्नु उत्तम हो ।
मस्जिदमा छिटो जानु: मस्जिदमा छिट्टै पुग्नु र पैदल जानुमा ठूलो पुण्य छ ।
सूरह कहफ पढ्नु:
सूरह कहफ पढ्नाले ठूलो पुण्य र प्रकाश (नूर) प्राप्त हुन्छ ।
दरुद पठाउनु:
नबी मुहम्मद ﷺ माथि धेरै भन्दा धेरै दरुद पठाउनु , किनभने उहाँमाथि पठाइएका दरुदहरू उहाँलाई प्रस्तुत गरिन्छन् ।
स्मरण र प्रार्थना:
अल्लाहको धेरै सम्झना गर्नु र प्रार्थना गर्नु, विशेष गरी त्यो स्वीकृत घडीमा रहेको मानिन्छ ।


