
धनुषा जिल्लाको मिथिला बिहारी नगरपालिका – ९ का वडाध्यक्ष विन्देश्वर यादवको गोली हानी हत्या गरिएको जनाइएको छ ।आज साँझ ६ बजे घरमै गोली हानि हत्या भएको बताइएको छ । बिहारी नगरपालिकाका मेयर राजेन्द्र प्रसाद यादवले घटनाको पुष्टि गर्दै वडाध्यक्ष यादवको घरमै बसिरहेको अवस्थामा गाउँकै युवाहरूको समूहले गोली हानेर हत्या गरेको बताएका छन् ।
उनले नेपाल प्रेससँग भने, ‘गाउँ केही समय अघि स्थानीय दुई समूहबीच विवाद भएको थियो । त्यतिबेला वडाध्यक्षले सम्झाएका थिए । सोही रिसिबीमा उनीमाथि गोली प्रहार भएको हो ।’
उनका अनुसार हत्याको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरिसके जनाएका छन् ।


