Sunday, February 1, 2026

बारा प्रहरीद्वारा ब्राउन सुगरसहित दुई जना महिला पक्राउ:-

ताजा / भरखरै प्राप्त

बारा जिल्लाका जितपुर सिमरा उपमहानगरपालिका–५ मा विशेष सूचनाको आधारमा दुई जना महिलालाई लागु औषधसहित प्रहरीले पक्राउ गरेको बाराका प्रहरीले जनाएका छन् ।
इलाका प्रहरी कार्यालय सिमराको, बाराबाट प्रहरी नायव निरीक्षक दीपक कुमार बस्नेतको कमाण्ड तथा लागुऔषध नियन्त्रण ब्युरो पर्साबाट प्रहरी सहायक निरीक्षक गोपाल खड्काको नेतृत्वमा खटिएको संयुक्त टोलीले वीरगंजबाट पथलैया तर्फ पैदल आउँदै गरेको दुई जनालाई प्रहरीले रोकिएर चेकजाँच गर्दा ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ फेला पारेको हो।


पक्राउ पर्नेमा पर्सा जिल्ला पटेर्वा सुगौली गाउँपालिका–६ की ३५ वर्षीया सुसिला देवीको साथबाट ७ पुरियामा ४४.४०० ग्राम (चवालिस ग्राम चार सय मिलिग्राम) ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ। उनीसँगै रहेकी ३० वर्षीया पूजा देवी, पर्सा जिल्ला पोखरिया नगरपालिका–७ निवासी ३० वर्षकी पुजा देवी समेत पक्राउ परेकी छन् ।
दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सिमराको बारामा राखिएको बाराका प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles