Monday, February 2, 2026

एमालेले भीड देखाउन इन्धन वितरण गरेको खुलासा:-

ताजा / भरखरै प्राप्त

प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित नेकपा एमालेद्वारा सिरहाका सदरमुकाममा आयोजित मोटरसाइकल र्‍याली तथा जागरण सभामा मानिस उतार्न इन्धन वितरण गरिएको खुलेको छ । हिजो शनिबारको अभियानमा सहभागीहरूलाई पेट्रोल–डिजेल बाँडेर उपस्थित गराइएको हो । प्रति मोटरसाइकल ३ लिटर पेट्रोल, गाउँ–गाउँबाट मान्छे बोकेर आएका ठूला सवारी साधनलाई १० देखि १५ लिटर पेट्रोल वा डिजेल वितरण गरिएको बताइएको छ ।
कार्यक्रमका लागि सिरहाका विभिन्न पेट्रोल पम्पहरूबाट समेत इन्धन उपलब्ध गराइएको स्थानीयहरूले बताएका छन् । जिल्लाका १७ वटै स्थानीय तहबाट करिब ८ हजार मोटरसाइकल र १५ हजारभन्दा बढी मानिस सहभागी भएको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles