Monday, November 17, 2025

निर्वाचनका लागि १ लाख ३० हजार म्यादी प्रहरी भर्ना गर्ने तयारी:-

ताजा / भरखरै प्राप्त

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरेर सरकारले सुरक्षा तयारी अघि बढाएको छ ।
गृह मन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको उच्चस्तरीय सुरक्षा समितिको बैठकले देशभर करिब ३ लाख १४ हजार सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको हो ।
बैठकले शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय वातावरणमा निर्वाचन सम्पन्न गर्न आवश्यक जनशक्ति व्यवस्थापनलाई अनुमोदन गर्दै १ लाख ३० हजार म्यादी प्रहरी भर्ना गर्ने निर्णय समेत गरेको छ ।स्रोतका अनुसार निर्वाचन सुरक्षार्थ नेपाली सेनाका करिब ७९ हजार, नेपाल प्रहरीका करिब ७२ हजार, सशस्त्र प्रहरीका ३३ हजार र म्यादी प्रहरी १ लाख ३० हजार जनशक्ति परिचालन गरिनेछ ।
सुरक्षा योजना अनुसार, निर्वाचन आयोगबाट मतदान स्थल र केन्द्रको अन्तिम सूची आएपछि यो संख्यामा आवश्यक परे केही परिवर्तन हुन सक्ने बताइएको छ।
सरकारका अनुसार, यसपटकको निर्वाचन ‘उच्च सुरक्षा सतर्कता’ सहि‍त सञ्चालन हुनेछ, र सुरक्षाकर्मीहरू मतदान केन्द्रदेखि संवेदनशील क्षेत्रसम्म तहगत रूपमा परिचालन गरिनेछन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles