
इलाका प्रहरी कार्यालय सिम्राैनगढ बाराले तस्करी नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउँदै ठूलो परिमाणमा अवैध लागु औषध गाँजा मोटरसाइकलसहित बरामद गरेको छ । इलाका प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षकको नेतृत्वमा सञ्चालित गस्ती अभियान अन्तर्गत करिब ५० किलो अवैध गाँजा बरामद गरिएको बाराका प्रहरीले जनाएको छ।
इलाका प्रहरी बाट खटिएका टोलीहरूले भारततर्फबाट भन्सार छली अवैध रूपमा नेपाल भित्र्याइँदै गरेको कपडा, किराना सामान, औषधि तथा नेपालबाट भारत तर्फ मदिरा मोटरसाइकलसमेत नियन्त्रणमा लिएका छन् ।
इलाका प्रहरी कार्यालय बारा सिम्राैनगढका प्रहरीको गस्तीका टोलीले ठुलो मात्रामा लागु औषध गाँजा करिब ५० किलो मोटरसाइकल सहित बरामद गरेको बाराका प्रहरीले जनाएको छ।


