बारा जिल्ला र रौतहटको सिमाना पर्ने अरुवा खोला बान्ध हुँदै भारतिय माछाको तस्करी ब्यापकरुपमा भई रहेको छ ।
भारतीय कुख्यात तस्कर श्यामसुन्दर कुश्वाहाले राति २ पिकप आन्ध्रप्रदेशका मरेका माछा मागायर जंङ्गे पिलर ३५६ देखि पूर्व भारतको झरोखर पञ्चायत स्थित पिठवा टोल निवासी कुशवहाको घरदेखि उत्तर तर्फ रहेको आँपको बगैंचाम दुई पिकप माछा राखेर मोटरसाइकलको माध्यमबाट हिजो राति नेपालमा भित्राका छन् ।
पाँच वटा मोटरसाइकल प्रयोग गरि मोटरसाइकलमा मरेको माछा पठाएको स्थानीयले बताएका छन् । यति तस्करी हुदा पनि सुरक्षाकर्मीहरुले पक्राउ गर्न सकेको छैनन् ।सो भारतीय माछा प्रहरी प्रशासनको मिलोमतोमा निकाल्ने काम आज राति पनि नेपाल तर्फ तस्करीको माछा नेपाल तर्फ भित्र्याउने छन् , एक जना व्यापारीले बताएका छन् ।
सो नाकाबाट अहिले कपडा,सुर्तीजन्य पदार्थ,हार्ड वेयर,किराना सामग्री समेतको भारतीय कुख्यात तस्करहरूले अडूवा खोलाको बारा जिल्लाको सिमानासंग जोडिएको खोलाको डिल हुदै मौलापुर,कटहरिया,विजयपुर,हरनहिया,सिम्रौनगढ,कोल्भी,बरियारपुर लगायतका बजारहरुमा दर्जनौं मोटरसाइकलबाट राति र बिहान बिना रोकटोक सुरक्षाकर्मीहरुको मिलोमतोमा विभिन्न बजारमा पुर्याउने गरेको स्थानीयको भनाई रहेको छ ।


