


पर्सा प्रहरीले सुनचाँदी गहनासहित चार जनालाई पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ ।
पर्साका वीरगञ्जमा प्रहरीले चोरीका सुनचाँदीका गहनासहित चार जनालाई पक्राउ गरेको हो , पक्राउ परेका तीन भारतीय नागरिक र एक नेपाली नागरिक रहेका छन्। । पर्सा प्रहरीले बरामद गरेको गहनाका मूल्य करिब ३७ लाख रुपैयाँ बराबर रहेको प्रहरीले बताउँछन् ।
पक्राउ पर्नेमा भारतको बिहार राज्य, बेतिया जिल्लाको बल्थर थानाका ३३ वर्षीय विजयराय यादव, ६० वर्षीय शेख बुनाद, ३१ वर्षीय विनोद राउत र पर्सा, वीरगन्ज महानगरपालिका–३२ का २० वर्षीय विद्याकुमार नट रहेका छन् ।
पर्सा प्रहरीका अनुसार कात्तिक ३० गते वीरगञ्ज महानगरपालिका–३२ मा शंका लागेर लु. ९६ प ३७३३ नम्बरको स्कुटी रोक्दा शेख बुनादको पाइन्टको खल्तीबाट सेतो रुमालमा राखिएका बिलबिना सुनका केही गहना फेला परेपछि उनलाई नियन्त्रणमा लिइएको पर्साका प्रहरीले बताएका छन् ।
बरामद गरिएका सामान
- चाँदीका बाला – ४ थान
- सुनका सिक्री – ११ थान
- चाँदीका पाउजो – १० थान
- सुनका झुम्का – २ थान
- चाँदीका सिक्का – २ थान
- सुनका नथिया – ३ थान
- चाँदीका बिछिया – ८ थान
- सुनको पोतो सहित जडित माला – २ थान
- चाँदीका हथशंकर – २ थान
- सुनको ‘M’ लेखिएको लकेट – १ थान
- सुन–चाँदी तौल गर्ने तराजु – १ थान
- सुनको औंठी – १ थान
- सुनको मांगटिका – २ थान
- नेपाली नगद – रु. ३,७९,०००
- भारतीय नगद – रु. ९,२००
अनुसन्धानका लागि ५ दिन म्याद थप
उक्त घटनामा संलग्न व्यक्तिहरूमाथि चोरी तथा डाँका सम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी हरी बहादुर बस्नेतले जानकारी दिए।


