जिल्ला प्रुहरी परिसर काठमाडौँ जलाउने भन्दै सामाजिक सञ्जाललगायतमा प्रचार गर्नेहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी परिसर अगाडि पुगेका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो । परिसरका प्रवक्ता प्ररी उपरीक्षक पजन भट्टराईले कार्यालय र सेवाग्राहीको सुरक्षाका लागि केहीलाई नियन्त्रणमा लिएर पहिचान गर्ने काम भइरहेको जानकारी दिए ।
गएराति प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ गरेको थियो । उनलाई नछोडिए परिसरको कार्यालय जलाउने प्रचार प्रसार भएको थियो । त्यही प्रचार प्रसार बमोजिम पर्सांइका समर्थक परिसर अगाडि भेला भएका थिए । उनीहरू मध्ये केहीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । ‘हाम्रो कार्यालय जलाउने अनलाइन प्रचार प्रसार गरिएको थियो । त्यसले हाम्रो कार्यालय र यहाँ आएका सेवा ग्राहीको सुरक्षाका लागि केहीलाई नियन्त्रणमा लिएर पहिचान गर्ने काम भइरहेको छ,’ प्रवक्ता भट्टराईले रातोपाटीसँग भने । पक्राउ पर्नेमा नागरिक बचाउ महाअभियानका कार्यकर्ता छन् । अहिले ५ जना नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।सार्वजनिक शान्ति खलल पुर्याउने गरी अभिव्यक्ति दिएको आरोपमा पक्राउ गरिएका प्रसाईंलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँले थप ४ दिन प्रहरी हिरासतमै राखेर अनुसन्धान अघि बढाउन अनुमति दिइसकेको छ । प्रसाईंलाई २४ घण्टाभित्र रिहाइ गर्न नागरिक बचाउ महाअभियानका सदस्यहरूले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउँदै माग गरेका छन् ।
सभार।


