बाराका सिमरा विमानस्थलमा बुधबारको भएको एमाले र जेन-जीको झडप र शुक्रबार भएको प्रदर्शनपछि, गृहमन्त्रालयले जिल्ला प्रहरी कार्यालय बारा जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सन्तोष तामाङलाई प्रहरी प्रधान कार्यालयमा तानेको छ । बारा घटनाकै कारण शुक्रबार उनलाई गृहमन्त्रालयले तानेको बताइएको छ ।
बारामा अर्को एसपी नरेन्द्र कुँवरलाई खटाइएको जनाइएको छ ।
कुँवर मानव बेचबिखन ब्यूरोमा काठमाडौंमा कार्यरत रहेको थिए ।


