Monday, May 4, 2026

सशस्त्र प्रहरी बल, नेपाल प्राविधिक तालिम शिक्षालय बाराको पथलैयामा ,जेन-जी, समूह र प्रशासन विच वार्ता हुँदै ।

ताजा / भरखरै प्राप्त

बारामा ‘जेनजी’ अगुवा र स्थानीय प्रशासनबीच यहाँ वार्ता सुरु भएको जनाइएको छ । सशस्त्र प्रहरी रुद्रवाहिनी पथलैयामा वार्ता सुरु भएको छ, वार्तामा ‘जेनजी’ पक्षबाट बारा संयोजक सम्राट उपाध्यायसहित १८ जना र प्रशासनका तर्फबाट प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रसहित सुरक्षा निकायका प्रमुखको सहभागिता रहेको सहायक प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम भट्टराईले जानकारी दिएका छन् ।
बाराको सिमरामा बुधबार ‘जेनजी’ र नेकपा (एमाले) कार्यकर्ताबीच विवाद भएपछि असामान्य अवस्था बनेको थियो । त्यसपछि यहाँ स्थानीय प्रशासनले दुई दिन ‘कफ्र्यू’ लगाउनुपरेको थियो । प्रदर्शन पक्षधरले आफूहरूलाई एमालेका नेता कार्यकर्ताले कुटपिट गरेको भन्दै संलग्नलाई पक्राउ गरी कारबाहीको माग गर्दै प्रदर्शन जारी राखेका थिए । घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेपछि यहाँको अवस्था सामान्य बन्दै गएको छ, र आज बिहानदेखि जनजीवन समान्य बन्दै गएको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles