आज आइतबारदेखि लागु हुने अन्डाको भाउ बढेको जनाइएको छ । नेपाल लेयर्स कुखुरापालक संघका अनुसार ठूलो ‘एक्सएल’ अन्डाको भाउ प्रतिक्रेट ५ सय २०, ठूलो अन्डाको भाउ प्रतिक्रेट ५ सय ५ रुपैयाँ र मध्यम अन्डाको ४ सय ९० रुपैयाँ बढेको छ । अघिल्लो दरको तुलनामा प्रतिक्रेटमा ५५ रुपैयाँ भाउ बढाइएको हो । यो मूल्यवृद्धि चितवनलाई आधार बनाएर निर्धारण गरिएको हो ।


