जेन-जी आन्दोलनमा ज’लेका हजारौं सरकारी र निजी सवारीसाधन कबाडमा बेचिने तयारी भइरहेको छ। काठमाडौंमा मात्र सिंहदरबारभित्र ४४१ चारपांग्रे र ६०१ भन्दा बढी दुईपांग्रे सवारी ज’लेका थिए। कवाड व्यवसायी समाज नेपालका अनुसार पुरानो फलाम प्रतिकिलो ४१ रुपैयाँ र प्लास्टिक १५ रुपैयाँमा मूल्यांकन गरिएको जनाइएको छ ।


