Tuesday, November 25, 2025

प्रहरीद्वारा सिरहाबाट ठूलो परिमाणमा गाँजा बरामद:- दुईजना पक्राउ:-

ताजा / भरखरै प्राप्त

सिरहा प्रहरीद्वारा सिरहाबाट ठूलो परिमाणमा गाँजा बरामद गरिएको जनाइएको छ।
सिरहा जिल्लाको लहान नगरपालिका १ स्थित पूर्व-पश्चिम राजमार्गमा प्रहरीले मालवाहक ट्रकबाट गाँजा बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीले
चेकजाँचका गर्ने क्रममा ना.६ ख. ३२०९ नम्बरको ट्रकबाट एक हजार ५५ किलो गाँजा बरामद भएको सिरहा प्रहरीले जानकारी दिएको हो ।
इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले ट्रकको अगाडि र पछाडि फलामको बक्सभित्र प्लास्टिकले बेरेर राखिएको अवस्थामा ११२ वटा बोरामा प्याक गरिएको गाँजा फेला पारेको छ । उक्त ट्रक मिर्चैयाबाट रुपनीतर्फ गइरहेको बताइएको छ ।

पक्राउ पर्नेमा ट्रक चालक धर्मदेवी नगरपालिका ९ ‚ संखुवासभाका २४ वर्षीय टंक विश्वकर्मा र सह(चालक धनकुटा छथर जोरपाटी गाउँपालिका २ का २२ वर्षीय खेम रानामगर रहेको प्रहरीले जनाएको छ ।
गाँजा सीमावर्ती क्षेत्र हुँदै भारत निकासी गर्ने तयारीमा रहेको प्रहरीले बताउँछन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles