Thursday, November 27, 2025

प्रधानमन्त्री सुशीला कार्की द्वारा मुस्लिम समुदाय माथि दिएको टिप्पणी को घोर निन्दा गर्दै मुस्लिम आयोगले विज्ञप्ति जारी गरेको जनाइएको छ ।

ताजा / भरखरै प्राप्त

प्रधानमन्त्री सुशीला कार्कीले उक्त टिप्पणी गर्ने समयमा माननीय अध्यक्षज्यू पनि त्यहीँ उपस्थित हुनुहुन्थ्यो बताइएको छ ।

माननीय मुस्लिम आयोग का अध्यक्ष मोहम्मदीन भाइजान ज्यू प्रधानमन्त्रीको आपतजनिक वक्तव्य बोल्ने बेला तपाईँ पनि त्यसै कार्यक्रममा हुनुहुन्थ्यो। त्यसको जवाफ तुरुन्तै त्यही कार्यक्रममा तपाईंले दिनुपर्ने थियो। दिनुभएन तर विज्ञप्ति हेर्दा प्रधानमन्त्री मुस्लिम महिलाप्रति गरेको टिप्पणी प्रति गम्भीर देखिए को महसुस भएन। बरु मुस्लिम समुदायले यसको विरोधको पश्चात बाध्यात्मक रुपमा यो विज्ञप्ति प्रकाशित गरेको हो जस्तो हामीलाई महसुस हुन्छ।

मुस्लिम आयोग विशुद्ध रुपमा मुस्लिम समुदायको हक हित पहिचान को लागि निर्माण गरिएको आयोग हो। सो कृपया प्रधानमन्त्रीलाई पत्र काटेर यस मन्तव्यलाई फिर्ता लिन लगाउनुस् साथै आम नेपाली मुस्लिमसँग माफी माग्न बाध्य बनाउनुस्।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles