सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साले विशेष सुचनाको अधारामा पर्साको बिन्दवासिनी गाउँपालिका–५, बटसौराबाट २१३ किलो गाँजा बरामद गरेको सशस्त्र प्रहरी पर्साले जनाए छ ।
सशस्त्र प्रहरी निरीक्षक दिपेन्द्र प्रकाश मल्लको कमाण्डमा खटिएको टोलीले खेतीयोग्य क्षेत्रभित्र परालको थुप्रोमा लुकाइ छिपाइ राखेकोमा २० पोकामा प्याक गरिएको २१३ किलोग्राम गाँजा फेला सशस्त्र प्रहरीले पारेको
सशस्त्र प्रहरी पर्साका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) पुरन चन्द्र भट्टले बताएका छन् ।


