Thursday, November 27, 2025

प्रधानमन्त्री कार्कीले घटाइन् १४ जना सचिवालय सदस्य:-

ताजा / भरखरै प्राप्त

सचिवालयमा, सदस्य अब ६ जना मात्रै रहनेछ ।

प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो सचिवालय तथा विज्ञ समूहको आकार घटाउने निर्णय गरेकी छिन् ।जसअनुसार अब मुख्य सल्लाहकार, जनसम्पर्क सल्लाहकार, प्रमुख स्वकीय सचिव, प्रेस संयोजक र स्वकीय शाखा अधिकृत (फोटोग्राफर) र जनस्वास्थ्य विज्ञ (अवैतनिक) गरी ६ जना मात्र कायम राखिने भएको छ ।
प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले श्रीमतीसहितका नातेदारलाई नियुक्ति दिलाएको खबर बाहिरिएसँगै प्रधानमन्त्रीको सुशासनको प्रतिबद्धता र नातावादविरुद्धको निष्ठामाथि नै प्रश्न उठेको थियो । त्यसपछि प्रधानमन्त्रीले बुधबार सचिवालयमा नियुक्त भएका व्यक्तिको संख्या कटौती गरेकी हुन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता एवं सहसचिव हेमराज अर्यालका अनुसार, प्रधानमन्त्रीको सचिवालयमा अब ६ जनामात्रै रहनेछन् ।
बाँकी सबै पदको नियुक्ति भोलिबाट लागू हुनेगरी खारेज गरेको स्रोतले बताएको छ ।
यसअघि प्रधानमन्त्री कार्कीले २० जना सचिवालय बनाएर काम गरेकी थिइन् । पछिल्लो पटक सचिवालयमा निकटवर्तीहरूलाई नियुक्त दिएको विषय बाहिरिएपछि विवाद भएको थियो ।जेनजीहरूसमेतको दबाब बढेपछि प्रधानमन्त्री कार्कीले आफ्नो सचिवालय संख्या घटाएकी हुन् ।
जस अनुसार, मुख्य सल्लाहकार अजयभद्र खनाल, जनसम्पर्क सल्लाहकार गोविन्द नारायण तिमिल्सिना, प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठ, प्रेस संयोजक रामबहादुर रावल, स्वकीय शाखा अधिकृत (फोटोग्राफर) केशव थापा र जनस्वास्थ्य विज्ञ (अवैतनिक) डा. मनबहादुर केसी रहनेछन् ।
प्रधानमन्त्री कार्यालयले विगतका प्रधानमन्त्रीहरूले ६६ जनासम्मको सचिवालय विस्तार गर्ने गरेको भए पनि यसपटक जम्मा २० जनाको मात्रै बनाइएको थियो ।अहिले उक्त संख्या घटाएर ६ जनाको मात्रै बनाइएको छ । प्रधानमन्त्री कार्यालयका अनुसार, १४ जनाको नियुक्ति खारेज भएको हो ।
प्रमुख स्वीकय सचिव आदर्श श्रेष्ठकी पत्नी संगीता श्रेष्ठलाई सचिवालयबाट हटाइएको छ । उनलाई सहसचिव सरहको स्वकीय सहसचिव बनाइएको थियो । नातेदार कमला श्रेष्ठ पनि हटाइएको छ । उनलाई स्वकीय सहसचिवमा नियुक्त गरिएको थियो । उनीहरू दुवै जना हटेका छन् ।
त्यस्तै, सूचना प्रविधि तथा सञ्चार विज्ञ अरुण कटुवाललाई पनि सचिवालयबाट हटाइएको छ । उनी अधिकृत सरहको सेवा सुविधा लिएर बसेका थिए ।
युवा तथा सामाजिक विकास विज्ञ प्रदिप ज्ञवाली पनि हटेका छन् । ज्ञवाली पनि अधिकृत सरहको सेवा सुविधा लिएर सचिवालयमा कार्यरत थिए । स्वकीय शाखा अधिकृतका रुपमा कार्यरता रमेशराज दाहाल, अर्जित खड्का र आकृति घिमिरेलाई पनि हटाइएको छ ।त्यसैगरी प्रशासन सहायकहरू सृष्टी डंगोल, पुनम श्रेष्ठ, जुनु कार्की, एन्जलिना कायस्थ र रविना श्रेष्ठ पनि सचिवालयबाट हटाइएका छन् ।सवारी चालक हरिबाबु श्रेष्ठ र मिरा अधिकारीलाई पनि हटाइएको जनाइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles