Thursday, November 27, 2025

मुस्लिमप्रति अपमानजनक अभिव्यक्तिमा पर्साका मुस्लिमको कडा आपत्ति:-

ताजा / भरखरै प्राप्त

प्रधानमन्त्री सुशीला कार्कीले हालै मुस्लिम समुदायबारे व्यक्त गरेको अभिव्यक्ति आपत्तिजनक, असभ्य र राष्ट्रिय मर्यादाविपरीत रहेको भन्दै मुस्लिम समाज पर्साले कडा प्रतिवाद गरेका छन् । समाजका संयोजक जफत अन्सारीले उक्त अभिव्यक्तिले “सम्पूर्ण नेपाली नागरिकको शीर झुक्ने अवस्था सिर्जना गरेको” भन्दै तत्काल सार्वजनिक माफी माग्न प्रधानमन्त्री कार्कीलाई आग्रह गरेका छन्।

अन्सारीका अनुसार मुलुकको सर्वोच्च कार्यकारी पदमा बसेकी व्यक्तिबाट धर्म विशेषलाई अपहेलित गर्ने शैलीमा अभिव्यक्ति आउनु अत्यन्त दुर्भाग्यपूर्ण तथा असह्य कार्य हो । उनले भने, “प्रधानमन्त्रीको अभिव्यक्ति कुनै पनि समुदाय, धर्म र संस्कारलाई सम्मान गर्ने नेपालको बहुलवादी संरचनासँग मेल खाँदैन। यस्तो अभिव्यक्ति राष्ट्रको सामाजिक सद्भाव र धार्मिक सहिष्णुतामाथि प्रत्यक्ष प्रहार हो।”

संवैधानिक व्यवस्थाको उल्लंघन भएको दाबी अन्सारीले संविधान २०७२ को धारा १७(२)(१) तथा धारा २६ उद्धृत गर्दै प्रत्येक नागरिकलाई आफ्नो धर्म विश्वास, आस्था र सांस्कृतिक पहिचानअनुसार अभ्यास गर्ने तथा संरक्षण प्राप्त गर्ने मौलिक हक सुनिश्चित गरिएको उल्लेख गरेका छन् ।
यसै आधारमा उनले प्रधानमन्त्रीको अभिव्यक्ति संवैधानिक सीमाको उल्लंघन भएको दाबी गर्दै भने, “धार्मिक आस्था, संस्कार वा सामाजिक प्रतिष्ठामाथि आघात पुर्‍याउने कार्य संविधानले स्पष्ट रूपमा निषेध गरेको छ । प्रधानमन्त्रीकै अभिव्यक्ति संविधानविपरीत हुनु अत्यन्त चिन्ताजनक स्थिति हो।” राजीनामा र माफीको माग संयोजक अन्सारीले मुस्लिम समुदायमाथि परेको गम्भीर अपमानप्रति प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनु र तत्काल सार्वजनिक माफी माग्नु नै उपयुक्त कदम हुने बताए।


उनका अनुसार मुलुकमा सामाजिक सद्भाव जोगाउन सरकार स्वयं संवेदनशील हुनु पर्नेमा उल्टै विभाजनकारी बयान आउनु अत्यन्त खेदजनक छ। माग पुरा नभए आन्दोलनको चेतावनी
मुस्लिम समाज पर्साका सदस्य तथा पैदल यात्री शेख मुनाले मागलाई बेवास्ता गरिए आन्दोलनका कार्यक्रम चरणबद्ध रूपमा अघि बढाइने बताएका छन् । उनले भने, “हाम्रो न्यायोचित मागलाई उपेक्षा गरियो भने हामी शान्तिपूर्ण तर सशक्त आन्दोलनमा जान बाध्य हुनेछौँ । उत्पन्न हुने सम्पूर्ण जिम्मेवारी सम्बन्धित निकायहरूकै हुनेछ।” भव्य उपस्थितिमा कार्यक्रम सम्पन्न उक्त विरोध तथा प्रतिक्रिया सार्वजनिक गर्ने कार्यक्रम जाहागिर अन्सारी, आसमहमद मियाँसहित सक्रिय सदस्यहरूको उपस्थिति रहेको भव्य समारोहका बीच सम्पन्न गरिएको मुस्लिम समाज पर्साले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles