Friday, November 28, 2025

सशस्त्रमा पाठक डीआईजीमा र महर्जन एसएसपीमा बढुवा सिफारिस:-

ताजा / भरखरै प्राप्त

सशस्त्र प्रहरी बलका नेपालको वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्णराज पाठक सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी)पदमा बढुवाका लागि सिफारिस भएका छन् ।
बिहीबार बसेको बढुवा समितिको बैठकले पाठकलाई रिक्त डीआईजी पदका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।
डीआईजी कालीदास धौवजी अवकास भएपछि रिक्त बनेको पदमा पाठकलाई बढुवाका लागि सफारिस गरिएको छ ।पाठकको बढुवासँगै रिक्त भएको एसएसपी पदका लागि पनि बढुवा सिफारिस गरिएको छ ।
एसएसपीमा रिक्त हुन लागेको पदमा एसपी समिक महर्जन सिफारिस भएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles