नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत महत्वपूर्ण आर्थिक योगदान गरेको छ। कम्पनीका सञ्चालक समिति अध्यक्ष गोविन्दलाल संघई, सञ्चालक कमलेशकुमार अग्रवाल तथा प्रमुख कार्यकारी अधिकृत (CEO) प्रवीणरमण पराजुलीले सोमबार संयुक्त रूपमा रु १ करोड ५० लाख को चेक अर्थमन्त्री रामेश्वर प्रसाद खनाललाई औपचारिक रूपमा हस्तान्तरण गरेका हुन्।
अर्थ मन्त्रालयमा आयोजित औपचारिक कार्यक्रममार्फत हस्तान्तरण गरिएको उक्त रकम सामाजिक विकास तथा सार्वजनिक हितका कार्यक्रमहरूमा उपयोग गरिने जनाइएको छ। कार्यक्रममा कम्पनीका प्रतिनिधिहरूले नेपाल लाइफ इन्स्योरेन्सले सामाजिक उत्तरदायित्वअनुरूप राष्ट्र, समाज र नागरिकप्रतिको प्रतिवद्धता निरन्तर निभाइरहेको बताएका थिए।
नेपाल लाइफले विगतदेखि नै शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन तथा सामाजिक सेवा सम्बन्धी गतिविधिहरूमा निरन्तर सहयोग गर्दै आएको छ।


