

सुनसरी जिल्लाको इनरुवा प्रहरीले अवैध लागु औषध ४६० केजी गाँजा गाडीसहिदको बरामद गरिएको सुनसरीका प्रहरीले जनाएको छ l
सुनसरी, जिल्लाको – इनरुवा नगरपालिका वडा नं. ९ बबियामा प्रहरीले ठूलो परिमाणमा अवैध गाँजा बरामद गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले मंगलबार राति बा ३ च ५५८५ नम्बरको चारपाङ्ग्रे गाडीमा लुकाइ–छिपाइ राखिएको ४ सय ६० केजी गाँजा फेला पारेको हो।
प्रहरी उपरीक्षक केशव थेवाका अनुसार, इनरुवा–वडा नं. ९ बबिया पोखरी चोक नजिकैबाट शंकरपुर शाखा नहरतर्फ जाँदै गरेको गाडीलाई चेकजाँच गर्ने क्रममा उक्त गाँजा बरामद भएको हो, र थप अनुसन्धान भइरहेको इनरुवाका प्रहरीले जनाएका छन् ।


