

बारा प्रहरीले १ लाख ५६ हजार बराबरको भन्सार छलिका समान मानिससहित पिकअप पनि नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ ।
मिति २०८२ मंसिर १६ गते अं.११:५० बजेको समयमा जिल्ला प्रहरी कार्यालय बाराको कलैयाबाट खटिएको प्रहरी टोलीले जिल्ला बारा कलैया उप-महानगरपालिका वडा नं. ०४ स्थित रहेको कटेगन पुलमा गंजभवानिपुरवाट कलैया तर्फ आउदै गरेको ना २ च १३०४ नम्बरको पिकअपलाई फेला पारी शंका लागी पिछागर्दै जाँदा सिदेश्वर मन्दिरबाट अमित पेट्रोल पम्प निस्किने बाटोमा उक्त पिकअपलाई रोकी चेक जाँच गर्दा बिल बिजक भन्दा फरक रहेको ६३ कार्टुन र १५ बोरा चकलेट मुल्य रु. १,५६,०००, (एक लाख छपन्न हजार) बराबरको समान बरामद गरी पिकअप र मानिससहितलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी राजस्व अनुसन्धान कार्यालय बाराको राजस्वको कार्यालय पथलैयामा बुझाएको बारा प्रहरीले जनाएको छ ।
बारा प्रहरीद्वारा पक्राउ पर्नेमा जिल्ला पर्सा, वीरगंज महानगरपालिका वडा नं. ३१ बस्ने वर्ष २८ को ऋषी पटेल रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।


