


मधेस प्रदेशका जिल्ला पर्सा र बारा जिल्लाबाट नेपाली नागरिकता लिएका दस जना भारतीय नागरिक प्रहरीद्वारा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारत बिहार घर भई काठमाडौंको शंखमुल बस्ने ५५ वर्षीय भरतप्रसाद गुप्ता,
३० वर्षीय राहुल गुप्ता,
५० वर्षीया ज्ञानमति देवी गुप्ता
३९ वर्षीय गोपाल गुप्ता छन् ।
यस्तै, बिहार घर भई ललितपुरको लगनखेल बस्ने ४४ वर्षीय रामसुन्दर गुप्ता,
गोंगबु बस्ने ४३ वर्षीय रामप्रवेश गुप्ता,
कलंकी बस्ने ४६ वर्षीय भरत गुप्ता,
४२ वर्षीया स्नेहलता गुप्ता,
४९ वर्षीया मिनदेवी गुप्ता
५२ वर्षीया राजेशकुमार गुप्ता छन् ।


