पुर्व प्रहरी मुर्तुजा मियाँ ।
नेपाल प्रहरीले अहिले खाइपाई आएको १६ आईटम क्यालोरीमा थप गरेर १९ आइटम बनाउनुपर्ने प्रस्ताव गृहबाट अर्थ मन्त्रालयसम्म पुगेको बताइएको छ ।
काठमाडौँ उपत्यकामा कार्यरत प्रहरी कर्मचारीले दैनिक १६ आइटम बराबर २०१ रुपैयाँ पाउँछन् ।
सो रकमले खाजा र खाना सहित ४ पटक खानुपर्ने व्यवस्था रहेको छ ।
नेपाली सेनाका सकलदर्जाले अहिले २४ आइटम राशन पाउँदै आएको बताइएको छ ।
सशस्त्र प्रहरी बल नेपाल ले १९ आइटम पाइरहेका छन् ।
हाम्रो देशका सुरक्षकर्मीहरुको रासन भत्ता हाम्रो सुरक्षाकर्मीहरुको कुकुर भन्दा पनि कम रहेको छ ।२४ सैँ घण्टा ड्युटीमा खटिने प्रहरीलाई दैनिक रासन भत्ता मात्र २०१ रुपैयाँ दिइँदै आएको जनाइएको छ । चार छाक (बिहान–दिउँसो–खाजा–राति) मिलाएर यही रकम पर्छ । यसबारे अझै अचम्म लाग्ने तथ्यः प्रहरीका सहयोगी कुकुरलाई दैनिक ४४२ रुपैयाँ रासन भत्ता छुट्याइन्छ-प्रहरीभन्दा दोब्बरभन्दा बढी रहेको छ ।रासन भत्ता तोक्ने जिम्मा संबंधित जिल्लाको प्रमुख जिल्ला अधिकारी नेतृत्वको दररेट निर्धारण समितिमा भए पनि, नेपाल प्रहरीले केन्द्रले तोकिदिएको भत्ता नै पाउँ छन् । त्यसैले तीन सुरक्षा निकायमध्ये नेपाल प्रहरीले सबैभन्दा कम रासन भत्ता पाइरहेका छन् ।उपत्यकामा, नेपाल प्रहरी – २०१ रुपैयाँसशस्त्र प्रहरी – २०३ रुपैयाँसशस्त्र प्रहरीको भत्ता जिल्लापिच्छे फरक हुन्छ-काठमाडौँमा मासिक ५-६ हजार, हुम्ला-जुम्लाजस्ता दुर्गममा १० हजार।सशस्त्र प्रहरीका कुकुरको भत्ता भने मानिसभन्दा ५०% बढी रहेको छ । प्रत्येक कुकुरलाई दैनिक ८०० ग्राम मासु, ५०० ग्राम चामल/पिठो, तरकारी, अन्डा, दूध, मिक्स्चर र डग बिस्कुटसहित ३९२ रुपैयाँ रासन, कर जोड्दा ४४२ रुपैयाँ पुगेको जनाइएको छ ।


