नेपाल प्रहरीमा एउटा प्रहरी जवान तयार पार्न राज्यको कम्तीमा पनि ८ लाख रुपैयाँभन्दा बढी खर्च हुने गरेको छ । भर्ना प्रक्रियादेखि तालिमसम्म सकाएर जवान भइसक्दा प्रति जवानमा राज्यको ८ लाख रुपैयाँ खर्च हुने गरेको बताइएको छ । लाखौं लगानी गरेर तयार पारिएका प्रहरी कर्मचारीले बीचमै सेवा छाड्दा राज्यलाई ठूलो आर्थिक भार थपिएको मात्रै छैन, सुरक्षामा समेत चुनौती थपिएको जनाइएको छ ।
केही वर्षमात्रै सेवा गरेर बीचमै जागिर छाड्दा भर्ना गरिएका प्रहरी कर्मचारीबाट राज्यले लाभ लिन नसक्ने अवस्था रहेको छ । यसरी बीचमै जागिर छाड्नुको मुख्य कारण सेवा गरेवापत पाउने सेवा-सुविधाले परिवार धान्नै मुस्किल हुनु र पेन्सन पकाउन २० वर्षसम्म कुर्नुपर्ने देखिएको छ ।
हाम्रो देशका सुरक्षकर्मीहरुको रासन भत्ता हाम्रो सुरक्षाकर्मीहरुको कुकुर भन्दा पनि कम रहेको छ ।
२४ सैँ घण्टा ड्युटीमा खटिने प्रहरीलाई दैनिक रासन भत्ता मात्र २०१ रुपैयाँ दिइँदै आएको जनाइएको छ । चार छाक (बिहान–दिउँसो–खाजा–राति) मिलाएर यही रकम पर्छ । यसबारे अझै अचम्म लाग्ने तथ्यः प्रहरीका सहयोगी कुकुरलाई दैनिक ४४२ रुपैयाँ रासन भत्ता छुट्याइन्छ-प्रहरीभन्दा दोब्बरभन्दा बढी रहेको छ ।
रासन भत्ता तोक्ने जिम्मा संबंधित जिल्लाको प्रमुख जिल्ला अधिकारी नेतृत्वको दररेट निर्धारण समितिमा भए पनि, नेपाल प्रहरीले केन्द्रले तोकिदिएको भत्ता नै पाउँ छन् । त्यसैले तीन सुरक्षा निकायमध्ये नेपाल प्रहरीले सबैभन्दा कम रासन भत्ता पाइरहेका छन् ।
उपत्यकामा,
नेपाल प्रहरी – २०१ रुपैयाँ
सशस्त्र प्रहरी – २०३ रुपैयाँ
सशस्त्र प्रहरीको भत्ता जिल्लापिच्छे फरक हुन्छ-काठमाडौँमा मासिक ५-६ हजार, हुम्ला-जुम्लाजस्ता दुर्गममा १० हजार।
सशस्त्र प्रहरीका कुकुरको भत्ता भने मानिसभन्दा ५०% बढी रहेको छ । प्रत्येक कुकुरलाई दैनिक ८०० ग्राम मासु, ५०० ग्राम चामल/पिठो, तरकारी, अन्डा, दूध, मिक्स्चर र डग बिस्कुटसहित ३९२ रुपैयाँ रासन, कर जोड्दा ४४२ रुपैयाँ पुगेको जनाइएको छ ।


