Tuesday, February 3, 2026

कृषि प्रधान देशमा ४ महिनामै ६ अर्बको अन्न आयात भयो:-

ताजा / भरखरै प्राप्त

कृषि प्रधान देश भनेर गर्व गर्ने कि लाजले आयातित वस्तु खाँदै मुख छोप्ने ? वीरगञ्ज नाकाबाट भित्रिएको खाद्यान्नको पछिल्लो तथ्यांकले यो तीतो यथार्थलाई सतहमा ल्याइदिएको जनाइएको छ । पर्साका बिरगंज भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामै वीरगञ्जबाट रु ५ अर्ब ८९ करोड बराबरका १६ थरिका खाद्यवस्तु आयात भएको जनाइएको छ । यो रकम गत वर्षको सोही अवधिको तुलनामा रु १ अर्ब २४ करोडले बढी रहेको बताइन्छ ।

भन्सार कार्यालयका अनुसार देशमै फलाउन सकिने मुख्य अन्नबालीमै अर्बौं रुपैयाँ विदेशिएक छ:
मकै: रु २ अर्ब २९ करोड (४ करोड २१ लाख केजी)
धान: रु २ अर्ब १ करोड (५ करोड ४० लाख केजी)
चामल: रु १ अर्ब ६ करोड (१ करोड ९ लाख केजी)
आफ्नै खेतबारीमा उत्पादन हुनुपर्ने धान र मकैमा समेत परनिर्भरता बढ्दै जानुले ‘कृषि प्रधान’ देशको नारालाई गिज्याइरहेको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles