Tuesday, February 3, 2026

सिरहा जिल्लामा झाडीभित्र एक जना किशोरीको शव फेला:-

ताजा / भरखरै प्राप्त

सिरहा जिल्लाको कर्जन्हा नगरपालिका-२ स्कुल टोल छेउको नहरको झाडीमा सोमबार दिउँसो किशोरी शव फेला परेको छ ।
मृतक किशोरी कर्जन्हा-१ बल्टियाका सूर्यदेव वैद्यकी १८ वर्षीया छोरी अविना वैद्य रहेकी छन् ।
सिरहा प्रहरीका अनुसार किशोरीको हत्या भएको आशंका रहेको छ ।
यद्यपि, घटनाको अनुसन्धान भइरहेको र विस्तृत तथ्य अनुसन्धानबाटै खुल्ने जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक (डीएसपी) रमेशबहादुर पालले बताएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles