Monday, February 2, 2026

चितवनको भरतपुरमा”समुदाय संग प्रहरी”कार्यक्रम सम्पन्न:-

ताजा / भरखरै प्राप्त

नेपाल प्रहरी शिक्षालय भरतपुर, चितवनका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक तारा देवी थापाको प्रमुख आतिथ्यतामा Aroma English Secondary School का कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुको उपस्थितीमा समुदायसंग प्रहरी कार्यक्रम सम्पन्न। उक्त कार्यक्रममा विद्यार्थीहरूलाई शिक्षालयमा संचालनमा रहेको असई. आ.ता.२-१८०औं समूहको कवाज, प्रशिक्षकद्वारा बाधापार अभ्यासको नमूना अवलोकन गराइनुका साथै साइबर अपराध सम्बन्धी सचेतनामूलक प्रस्तुती समेतको कार्यक्रम सम्पन्न गरिएको थियो ।
सोही कार्यक्रममा नेपाल प्रहरीको तर्फबाट विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गर्ने पहिलो महिला प्रहरी कर्मचारी प्रहरी नायव निरीक्षक कुन्जाङ छोपेल शेर्पाले समेत आफ्नो आरोहण गर्दाको अनुभव विद्यार्थी भाइबहिनीहरूसंग साझा गर्नुभएको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles