Sunday, February 1, 2026

मकवानपुर प्रहरीद्वारा ४७० किलो गाँजा सहित बोलेरो पिकअप बरामद:-

ताजा / भरखरै प्राप्त

मकवानपुरका प्रहरीले प्रतिबन्धित लागू औषध गाँजा ४७० किलो बोकेको बोलेरो पिकअप गाडी बरामद गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार गोप्य सूचनाका आधारमा गरिएको अभियान क्रममा प्रहरीले गाडी सहित ठूलो परिमाणको गाँजा नियन्त्रणमा लिएको हो।

मकवानपुर जिल्लाको भिमफेदी गाउँपालिका वडा नम्बर–३ स्थित पान्द्राङबाट ४७० केजी गाँजा बरामद गरेको मकवानपुरका प्रहरीले बताउँछन् ।

आज बिहीबार बिहान १ बजेतिर नामटारी बाट भैसेतर्फ आउँदै गरेको बोलेरो गाडीलाई पछ्याएर गाँजा बरामद गरिएको मकवानपुर जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुवास बोहराले बताएका छन् ।

प्रहरीले पछ्याएपछि बा.१७ च ४२ नम्बरको बोलेरो पिकअपका चालक गाडी छाडेर फरार भएका थिए । पन्द्राङ स्थित ढुंगाखानी नजिकै चालक गाँजा लोड भएको गाडी छाडेर फरार भएका थिए प्रहरीले बताउँछन् ।

१७ वटा बेरामा प्याक गरिएको गाँजा बरामद गरेर लागुऔषध मुद्दामा अनुसन्धान थालिएको मकवानपुरका एसपी बोहराले बताएको हो । फरार रहेको चालकलाई प्रहरीले खोजिरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles