पर्सा जिल्ला संसदीय क्षेत्र नम्बर ४ बाट जेन्जी को समर्थन मा जन अधिकार पार्टी नेपाल का अध्यक्ष ईमदाद गद्दी, उर्फ “सुग्गा” को स्वतंत्र उमेदवारका रुपमा उमेदवारी दिने भएका छन् ।
सुगाका अनुसार समान शिक्षा सहज र शुलभ स्वास्थ्य सुविधा सवदेशमा रोजगार उपलब्ध गराउन रोजगारी को लागि वैदेशिक पलायन रोक्न सुनवाई कारवाई को लागि कृषि सिंचाई मल खाद विऊ विजन सहज उपलब्ता को लागि जेन्जी हरुको मांग पुरा गराउन को लागि भ्रष्टाचार मुक्त क्षेत्र र देश बनाउनको लागि भ्रष्टाचारी हरु को सम्पत्ति जफत गरी राष्ट्रीयकरण गराउन को लागि उम्मीदवारी दिने भएका छन् ।
यो हाम्रो प्रतिबद्धता रहेको हो, ईमदाद गद्दीले बताएका छन् ।
सार्वजनिक संस्थामा वर्षौंदेखि जरा गाडेर बसेको दलीयकरण, भागबण्डा र गैरजवाफदेही अभ्यास अन्त्य गर्न सरकारले जेनजी आन्दोलनसँग ऐतिहासिक सहमति गरेको छ । सरकार र जेनजी प्रतिनिधिबीच सम्पन्न सहमतिले सार्वजनिक पदधारीहरूको सम्पत्ति छानबिनदेखि सार्वजनिक संस्थाको संरचनागत सुधारसम्म बलियो मार्गचित्र तय गरेको जनाइएको छ ।
सहमति अनुसार छिट्टै उच्चस्तरीय छानबिन तथा नीतिगत सुधार आयोग गठन हुने भएको छ, जसलाई चारवटा शक्तिशाली दायित्व दिइनेछ ।
सरकारी पदमा नियुक्त, निर्वाचित वा मनोनित सबै व्यक्तिको जीवनशैली, आयस्रोत र गैरकानूनी रूपमा आर्जित सम्पत्तिमाथि गहिरो छानबिन हुने भएको छ ।
दोषी प्रमाणित जो–कोहीमाथि कानुनअनुसार कडा कारबाही अघि बढाइने बताइएको छ ।
सार्वजनिक संस्थामा दलीय सिफारिस, भागबन्डा र राजनीतिक आस्थाका आधारमा गरिने नियुक्ति बन्द गर्न कानुनी र नीतिगत सुधार सिफारिस गरिने भएको छ ।
यो कदमले देशभरका संस्थाहरूलाई व्यावसायिक, पारदर्शी र गैर–राजनीतिक बनाउने लक्ष्य राखेको छ ।
पछिल्ला वर्षहरूमा विभिन्न दल, नेताहरू वा निकट समूहले सार्वजनिक स्रोत, जग्गा र बजेटको दुरुपयोग गर्दै सञ्चालन गरेका प्रतिष्ठान, ट्रस्ट, परिषद, केन्द्र जस्ता निकायको विस्तृत छानबिन हुने भएको जनाइएको छ ।


