Sunday, February 1, 2026

सशस्त्र प्रहरी बल पर्साद्वारा ठुलो मात्रामा लागु औषध गाँजा बरामद:-

ताजा / भरखरै प्राप्त

सशस्त्र प्रहरी बल नेपाल पर्साले ९१ केजी प्रतिबन्धित लागु औषध गाँजा बरामद गरेको सशस्त्र प्रहरी पर्सले जनाको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हे. क्वा. पर्साले सिमावर्ती इलाकाहरुमा हुने चोरी तस्करी तथा लागू औषध ओसारपसार कार्यलाई निस्तेज पार्ने अभियानलाई तीव्रता दिँदै आइरहेको जनाइएको छ । लागू औषध ओसारपसार तथा प्रयोगले समाजमा दुरगामी नकारात्मक प्रभाव पार्ने यथार्थलाई मध्यनजर गर्दै, सशस्त्र प्रहरी बल नेपालले पर्सा जिल्लामा लागु औषध नियन्त्रण गर्न प्रभावकारी रुपमा कार्य गर्दै आइरहेको छ। सोही क्रममा आज मिति २०८२,०८,२५ गते, पर्साका ठोरी गाउँपालिका वडा नं. ४ निर्मल बस्तीमा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हे.क्वा. सुवर्णपुरबाट खटिगएको टोलिलाई देखी ९/१० जना ब्यक्तिहरुले नाम्लो लगाई ढाँडमा बोकी नेपालबाट भारत तर्फ लैजादै गरेको १० वटा प्लास्टिकको पोका फालि ब्यक्तिहरु भागि गएको र उक्त पोका नियन्त्रणमा लिई खोली हेर्दा लागुऔषध गाँजा रहेको हुँदा उक्त गाजा बरामद गरी आवश्यक प्रकृया पुरा गरी पर्साका इलाका प्रहरी कार्यालय ठोरीमा बुझाएको सशस्त्र प्रहरी पर्साले जनाएको छ, र उक्त गाँजाको तौल ९१ केजी रहेको, सशस्त्र प्रहरी बल,नेपाल नं.१३ गण हे.क्वा.पर्साका सुचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) विश्वराज योन्जनले जानकारी दिएको छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles