रौतहट जिल्लाको देवाही गोनाही न.पा.वडा नं.५ पिपरा टोल स्थित बस्ने आशा राय यादवको फुसको गाई गोठको घरमा बिजुलीको तार सट भई आगलागी हुँदा घरमा मात्रै क्षति भएको ,मानविय तथा चौपाया क्षती नभएको, प्रहरीले जनाको छ ।
उक्त स्थानमा राैतहटका प्रहरी बरिस्ठ सई. अशोक कुमार कुर्मीको कमाण्डमा खटिएर गएको ८ जनाको टोली , र स्थानियहरुको सहयोगमा आग नियन्त्रणमा आएको, जनाइएको छ ।
जिल्ला रौतहट देवाही गोनाही न.पा. ५ पिपरा टोल बस्ने आशा राय यादवको तिन कोठा भएको फुसको घरमा भित्र रहेको कपडा,काठ,नगद रू.७००,भुस र घर समेत गरी अं. मु.रु. १०००००, बराबरको क्षेती भएको छ, र ऐ.ऐ. बस्ने चन्द्रिका राय यादवको १ कोठा भएको फुसको गाई गोठ घरमा भित्र रहेको धान २० बोरा, पराल र घर समेत गरी रु.१०००००, बराबरको क्षेती भएको जनाइएको छ।


