



शनिबार नेपाल प्रिमियर लिग (एनपीएल) २ को फाइनलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सको उपाधि भिडन्त हेर्न पुगेका दर्शक । फाइनलमा सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनीले उपाधि जितेको जनाइएको छ ।
नेपाल प्रिमियर लिग (एनपीएल) को सर्वोत्कृष्ट खेलाडी लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल भएका छन्। उनले सर्वाधिक रनकर्ता र सर्वोत्कृष्ट खेलाडी दुवैको उपाधि जितेका हुन्। उनले सर्वोत्कृष्ट खेलाडीको रूपमा ओमाडा एण्ड ज्याइकोको कार जिते। नेपाली खेलाडीमा सर्वाधिक रनकर्ताको रूपमा रोहित पौडेलले एक थान मोटरसाइकल पनि जितेका छन्। रोहितले प्रतियोगितामा १० खेल खेल्दै १० विकेट र २६७ रन बनाएका छन्।


