





एमाले महाधिवेशनमा सहभागी हुन आएकाहरुलाई उदघाटन समारोहस्थलमा प्रवेश गर्नुअघि कडा सुरक्षा जाँच गरिएको छ ।
गेटमा तैनाथ प्रहरीहरुले मेटल डिटेक्टर उपकरणले जाँच गरेर मात्रै भित्र प्रवेश गर्न दिइरहेका छन् । उनीहरुले झोला र शरीर खानतलासी समेत गरेका छन् ।
साथै विष्फोटक पदार्थ पत्ता लगाउने उपकरण र विशेष तालिमप्राप्त कुकुरसहितको टोली पनि परिचालन गरिएको छ ।एमालेको महाधिवेशनको उदघाटन समारोह भक्तपुर सल्लाघारीमा आज मध्याह्न १२ बजेपछि सुरु हुनेछ । त्यसअघि साँस्कृतिक कार्यक्रम सुरु हुने छ । महाधिवेशनमा सहभागी हुन विभिन्न जिल्लाबाट मानिसहरु गाडी रिजर्भ गरेर आएका छन् ।


