Thursday, February 26, 2026

रात्रीकालीन सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सचेतना अभियान:-

ताजा / भरखरै प्राप्त

उपत्यका ट्राफिक प्रहरी कार्यालयले रातको समयमा हुने सडक दुर्घटना न्यूनीकरण गर्न विशेष सचेतना अभियान सुरु गरेको जनाएको छ ।पछिल्लो समय काठमाडौंमा रात्रिकालीन सवारी दुर्घटना बढ्दै गएपछि ट्राफिक प्रहरीले यो अभियान अघि बढाएको जनाएको हो ।

अभियानबारे जानकारी दिँदै उपत्यका ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीले दिउँसोको तुलनामा रातिको समयमा दुर्घटनाको जोखिम बढी रहने बताएका छन् ।
उनका अनुसार राति सडक तुलनात्मक रूपमा खाली हुने भएकाले तीव्र गतिमा सवारी चलाउने, मादक पदार्थ सेवन गरेर गाडी चलाउने तथा ट्राफिक नियम उल्लंघन गर्ने प्रवृत्ति बढ्ने गरेको जनाएको छन्।

यसलाई नियन्त्रण गर्न रात्रीकालीन चेकजाँच, मादक पदार्थ सेवन (ड्रङ्क ड्राइभ) परीक्षण र चालक तथा यात्रुलाई लक्षित सचेतनामूलक कार्यक्रम कडाइका साथ सञ्चालन गरिएको एसएसपी अधिकारीले जानकारी दिएका छन् ।
ट्राफिक प्रहरीले यो अभियानले रातको समयमा हुने यात्रालाई थप सुरक्षित बनाउने विश्वास व्यक्त गर्दै सबै सवारी चालकहरुलाई नियम पालना गर्न र सुरक्षित यात्रामा सहयोग गर्न आग्रह गरेको पनि गरेको छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles