Thursday, February 26, 2026

सेवानिवृत्त भएका प्रहरी निरीक्षक इन्स्पेक्टर थापाको बिदाइ:-

ताजा / भरखरै प्राप्त

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले अनिवार्य अवकाशमा गएका प्रहरी निरीक्षक गणेशबहादुर थापाको भव्य रुपमा बिदाइ गरेको जनाइएको छ ।
प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) ओमबहादुर रानाले इन्स्पेक्टर थापालाई बिदाइ गर्नु भएका छन् ।

नेपाल प्रहरी संगठनमा २०५२ पुस १ गते भर्ना भई ३० वर्षे सेवा अवधि पूरा गरेर मिति २०८२ पुस १ गते उनी अनिवार्य अवकाशमा गएका हुन् ।
सो अवसरमा डीआईजी रानाले थापाले तीन दशकसम्म संगठनलाई पुर्‍याएको योगदानको उच्च प्रशंसा गर्दै जिम्मेवारीप्रति देखाएको निष्ठा, अनुशासन र व्यावसायिकताले प्रहरी संगठनलाई सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरेको छन् ।

उनले अवकाशपछि पनि वर्दी विनाको प्रहरीका रूपमा समाजमा शान्ति–सुरक्षा, अमनचयन र सामाजिक सद्भाव कायम गर्न प्रहरीसँग नजिक रहेर योगदान दिन आग्रह गरेका छन् । सो अवसरमा संगठनको तर्फबाट मायाको चिनो प्रदान गर्दै डीआईजी रानाले व्यक्तिगत तथा सामाजिक जीवनमा सुख, शान्ति र समृद्धिको कामनासमेत व्यक्त गरेका छन् ।अवकाशप्राप्त पूर्व प्रहरी निरीक्षक थापाले आफ्नो मन्तव्यमा सशस्त्र द्वन्द्वदेखि विभिन्न राजनीतिक परिवर्तनका कठिन कालखण्डसम्म राष्ट्र र संगठनले सुम्पेको जिम्मेवारी आफ्नो ज्ञान, सिप र क्षमताले भ्याएसम्म निष्ठापूर्वक सम्पन्न गरेको स्मरण गरेको थियो ।

साथै, सेवा अवधिभर संगठनका अग्रज, सहकर्मी तथा परिवारजनबाट प्राप्त साथ, सहयोग र शुभेच्छाप्रति आभार व्यक्त गरे ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत सिनियर प्रहरी अधिकृतहरू तथा अन्य प्रहरी कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको देखिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles