Monday, February 2, 2026

केन्द्रीय कारागारबाट फरार दुई जना कैदी पर्सा प्रहरीद्वार पक्राउ:-

ताजा / भरखरै प्राप्त

जेनजी आन्दोलनका क्रममा भदौ २३ गते, काठमाडौंको सुन्धारा कारागारबाट फरार भई लुकीछिपी बस्दै आएका बारा जिल्ला विश्रामपुर गाउँपालिका-५ बस्ने २५ वर्षका परदेशी भन्ने सुदामा पासवान पक्राउ परेका छन् ।
कर्तव्य ज्यान मुद्दाका २५ वर्ष कैद भुक्तान गरिरहेका पासवानलाई विशेष सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका १५ भिस्वाबाट पर्सा प्रहरीले पक्राउ गरेको छन् ।
यस्तै बाराको परवानीपुर गाउँपालिका-२ बस्ने ३२ वर्षीय विवेकलाल शाह कानुलाई पनि पक्राउ परेका छन् ।
भदौ २४ गते आन्दोलनका क्रममा सुन्धारा कारागारबाट फरार भई लुकिछिपी बसेका विवेकलाल वीरगञ्ज महानगरपालिका- ४ बिर्ता टोलबाट सोमबार पक्राउ परेका छन् ।
विवेकलाल बैंकिङ कसुर मुद्दामा ५० हजार धरौटी तिर्न नसकी उच्च अदालत पाटनको आदेशमा केन्द्रीय कार्यालय कारागार कार्यालय सुन्धारा चलान भएका थिए ।
हाल दुवै जनालाई वीरगन्ज कारागारमा लगेर बुझाइएको पर्सा प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles