Sunday, February 1, 2026

दुहबी महिनाथपुर गुल्मका डिएसपी पौडेलको बिदाई, कोइरालाको स्वागत:-

ताजा / भरखरै प्राप्त

धनुषा जिल्लाको विदेह नगरपालिका वार्ड नं. १ महिनाथपुरस्थित रहेको सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेक्वा महिनाथपुरमा कार्यरत सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) सीताराम पौडेलको बिदाई गरिएको जनाइएको छ । आज बिहिवार एक समारोह आयोजना गरेर उहाँलाई दोसल्ला, माला र टिकालगाइ बिदाई गरिएको हो । सशस्त्र प्रहरी डिएसपी पौडेलले ६ महिनाको सेवामा अपराध नियन्त्रण, शान्ति सुरक्षा कायम राख्न र खुला सिमानाकाबाट हुने चोरी तस्करी नियन्त्रण कार्यमा सराहनीय काम गरेको भन्दै उहाँको विशेष सम्मान र मायाको चिनोसहित बिदाई गरिएको जनाइएको छ ।
सो अवधिमा पौडेलले खुला सिमानाकामा अपराधी गतिविधि र चोरी तस्करी नियन्त्रणमा स्थानीयहरुको सहयोग र समन्वयको कारण सफल भएको बताउनुभएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles