Sunday, February 1, 2026

नेपाल प्रहरीहरुको राशनमै विभेद,संगठन प्रमुखको छैन चासो:-

ताजा / भरखरै प्राप्त

दिनप्रतिदिन देशमा बढ्दो महँगीबीच देशको सुरक्षामा अहोरात्र खटिने नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मीहरूले लामो समयदेखी नै रासन भत्ताप्रति गम्भीर असन्तुष्टि व्यक्त गरिरहे पनी सगठन प्रमुख र राज्यले गम्भिरतापुर्वक लिएको देखिएको छैन ।
हाल तराईका अधिकांश जिल्ला लगायत काठमाडौँ उपत्यकामा एक प्रहरीले दैनिक करिब १६० देखी २०० रुपैयाँ आसपास मात्र रासन भत्ता पाउँदा बिहानदेखि रातिसम्मको पोषणयुक्त भोजन जुटाउनै कठिन बनेको उनीहरूको गुनासो रहेको छ।
यही रकमले बिहानको चिया–नास्ता, दिउँसो खाजा र दुई छाक खाना व्यवस्थापन गर्नुपर्ने हुन्छ।

तर हाल बजारमा एक छाक सादा खानाकै १५०–२०० रुपैयाँ पर्न थालेपछि दैनिक २०० रुपैयाँले पोषणयुक्त भोजन जुटाउन असम्भवजस्तै अवस्था बनेको सुरक्षाकर्मीहरू बताउँछन् ।
रासन भत्ता वृद्धिको प्रस्ताव गृह मन्त्रालय हुँदै अर्थ मन्त्रालय मा पुगेको बताइए पनि निर्णय ढिलाइ हुँदा सुरक्षाकर्मीको मनोबल कमजोर बन्दै गएको देखिन्छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles