

नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरिक्षक (आईजी) दानबहादुर कार्की स्वर्गीय प्रहरी हवल्दार दशरथ थापाको निवासमा पुगेका छन् । आईजी कार्कीले कर्तव्यपालनाका क्रममा चार दिन अघि मृत्यु भएका थापाको परिवारलाई भेटेर समवेदना दिनुका साथै स्वर्गीय थापाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
०८२।०९।०५ गते मृत्यु भएका जिल्ला दैलेख नारायण न.पा. २ जारकोट स्थाई घर भएका मृतक प्रहरी हवल्दार दशरथ थापा को परिवारसँग भेटघाट तथा मृतक प्रहरी प्रति श्रद्धाञ्जली अर्पण गर्नुहुँदै प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीज्यू ।


