Sunday, February 1, 2026

प्याजकाे गाडीमा तस्करीकाे कपडा बरामद सिन्धुली :–

ताजा / भरखरै प्राप्त

सिन्धुलीको कमलामाई नगरपालिका–९ स्थित भिमान चेकपोष्टमा प्रहरीले बिल बिजक नभएको ठूलो परिमाणको अवैध कपडा बरामद गरेको छ । बर्दीबासबाट काठमाडौँतर्फ जाँदै गरेको प्याज लोड ट्रक चेक जाँच गर्दा प्याजका बोरा भित्र लुकाइछिपाइ राखिएको भारतीय तथा इटालियन ब्रान्डका कपडा फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुली अन्तर्गत इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरी टोलीले बिहिवार बिहान करिब ९ बजे वि।पि। राजमार्गअन्तर्गत भिमान चेकपोष्टमा सवारी साधन चेकजाँचका क्रममा प्र।२–०४–००१ ख ००६१ नम्बरको ट्रकलाई शंकास्पद देखिएपछि नियन्त्रणमा लिएको थियो ।
प्रहरीले ट्रक पूर्ण रूपमा खोली जाँच गर्दा भन्सार गरी ल्याइएको प्याजका २३० बोरा बाहेक ती प्याजका बोराले छोपी लुकाइछिपाइ राखिएको अवस्थामा विभिन्न ब्रान्डका सुती कपडाका रोलहरू भेटिएको जनाएको छ । बरामद कपडामा ‘पुनित’, ‘डोनातेला’ र ‘भिमल’ कम्पनीका सुती सुट तथा सर्टका थान कपडा रहेका छन् ।
प्रहरीका अनुसार पुनित कम्पनीको ४९ रोल ९८१० मिटर०, डोनातेला कम्पनीको २० रोल ९२७०।५५ मिटर० र भिमल कम्पनीको ३० रोल ९३४०।६ मिटर० कपडा बरामद गरिएको हो । बरामद कपडाको अनुमानित मूल्य १६ लाख ८३ हजार ६४० रुपैयाँ रहेको छ । प्याजको मूल्य ४ लाख ८० हजार रुपैयाँ र ट्रकको मूल्य २० लाख रुपैयाँ जोड्दा कुल ४१ लाख ६३ हजार ६४० रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरीले जानकारी दिएको छ ।
नव जनप्रहारबाट ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles