Sunday, February 1, 2026

दलित माथि कुटपिट र आगजनी गर्नेलाई कडा कारबाहीको माग:-

ताजा / भरखरै प्राप्त

दलितमाथि आगजनी र कुटपिट घटनामा राष्ट्रिय दलित आयोगको अनुगमन, दोषीमाथि कडा कारबाही गर्न निर्देशन ।

पर्सा जिल्लाको बहुदरामाई नगरपालिका वडा नं. २ सिसियाडी गाउँमा बाटो विवादका क्रममा दलित समुदायका भागरित पासवानको घरमा आगजनी र कुटपिट भएको घटनामा राष्ट्रिय दलित आयोगले स्थलगत अनुगमन गरेको जनाइएको छ ।

आयोगका अध्यक्ष देवराज विश्वकर्मा, सदस्य तथा मधेश प्रदेश संयोजक सुन्दर पुकुर्टीसहितको टोलीले घटनास्थल पुगेर पीडित परिवारसँग भेटघाट गरेको हो ।
टोलीले प्रमुख जिल्ला अधिकारी भोला दहाल र प्रहरी उपरीक्षक सुदिपराज पाठकसँग छलफल गर्दै घटनाको विस्तृत जानकारी लिएको छन् ।

पीडित भागरित पासवानका अनुसार निजी नम्बरी जग्गामा बाटो दिन अस्वीकार गरेकै कारण विपक्षी समूहले उनको घरमा पेट्रोल छर्केर आगजनी गर्नुका साथै उनी र उनकी श्रीमती मिना देवीमाथि कुटपिट गरेका थिए। आगलागीबाट घरभित्र रहेको अन्न, नगद, गहना, कपडा तथा घर संरचनासमेत गरी लाखौं रुपैयाँ बराबरको क्षति भएको पीडित परिवारले जनाएको छन् ।

अनुगमनपछि अध्यक्ष विश्वकर्माले दलित समुदायमाथि भएको यस प्रकारको हिंसा गम्भीर र निन्दनीय रहेको भन्दै दोषी जो–कोही भए पनि कानुनअनुसार कडा कारबाही हुनुपर्ने बताएका छन् । उनले पीडित परिवारको सुरक्षा, उपचार र क्षतिपूर्तिको व्यवस्था तत्काल गर्न प्रशासनलाई निर्देशनका छन् ।
त्यसैगरी आयोगका सदस्य तथा मधेश प्रदेश संयोजक सुन्दर पुकुर्टीले यस घटनाले समाजमा अझै जातीय विभेद कायम रहेको देखाएको बताए। उनले यस्ता घटनालाई सामान्य रूपमा लिन नहुने भन्दै प्रहरी र प्रशासनले निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्नुपर्नेमा जोड दिए हो । आयोगले घटनाको अनुगमन निरन्तर गर्ने र पीडित परिवारलाई न्याय दिलाउन सबै तहमा पहल गर्ने उनको भनाइ रहेको छ।

दलित अभियन्ता मनोज रामको पहलमा आयोगको टोली घटनास्थल पुगेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles