Sunday, February 1, 2026

बरा प्रहरीद्वारा ६४ किलो ४.५०,ग्राम गाँजासहित २ जना पक्राउ:-

ताजा / भरखरै प्राप्त

बाराबाट ठूलो परिणामको गाँजासहित दुई जना पक्राउ परेका छन् ।सेम्राैनगढ नगरपालिकास्थित खजानि सडकबाट ६४ किलो ४.५० ग्राम गाँजासहित दुई जनालाई बारा प्रहरीले पक्राउ गरेको हो ।

बारा जिल्लाको सिम्रोनगढ नगरपालिका वडा नं. ३ बढपुरवा स्थित बाट अवैध गाँजा ओसार पोसार भईरहेको सुचना पाएपछि प्रहरी निरीक्षक कृष्णदेव प्रसाद साहको कमान्डमा खटिगएको टोलि र प्रहरी चाैकी अमृतगंजका प्रहरी सहायक निरीक्षक विश्वराज कुस्वाको टोलीलाई देखी गाँजा तस्कर ४ जना ब्यक्ति मधे दुई जना गाँजाको बोरा फलि भागेको छन् , र दुई जनालाई बारा प्रहरीले पक्राउ गर्न सफल भएका छन् ।
नेपालबाट भारत तर्फ चार जना मानिस पिठयुमा बोकी लैजाँदै गरेको ४ वटा बोराको पोका छाडि व्यक्तहरु भागि गएकोमा दुई जाना पक्राउ परेको छन् , र उक्त बोराका पोकाहरु खोली हेर्दा ६४ के.जी. ४.५०, ग्राम लागु औषध गाँजा फेला पारेको र उक्त गाँजा नियन्त्रणमा लिई आवश्यक प्रकृया पुरा गरी ईलाका प्रहरी कार्यालय सेम्रोनगढ बुझाएको बाराका प्रहरी सहायक निरीक्षक विश्वराज कुस्वाले जानकारी दिएको छन् ।
इलाका प्रहरी कार्य बाराका प्रहरी प्रमुख कृष्ण देव प्रसाद साह प्रहरी निरीक्षकले ६४ किलो ४.५० ग्राम लागु औषध र दुई जना मानिससहित बारा प्रहरीले पक्राउ गरेको हो निरीक्षकले जानकारी दिएको छन् ।

बारा प्रहरीले बाराको सीमावर्ती क्षेत्रमा लागुऔषध तथा अवैध तस्करी नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरेको छ ।
इलाका प्रहरी कार्याल सिम्राैनगढका प्रहरी निरीक्षक कृष्ण देव प्रसाद साहको प्रभावकारी नेतृत्व र जिल्ला प्रहरी कार्यालय बाराको स्पष्ट नीति, निर्देशन तथा निरन्तर निगरानीका कारण बाराका सीमा क्षेत्र अवैध गतिविधिका लागि सुरक्षित आश्रय बन्न नदिने सन्देश पुनः एकपटक प्रष्ट भएको देखिएको छ ।

मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामको रणनीतिक निर्देशनअनुसार लागुऔषध ओसारपसार नियन्त्रणलाई अभियानकै रूपमा बारा प्रहरीले अघि बढाउँदै आएको जनाइएको छ ।
बाराका प्रहरीले पछिल्लो समय निरन्तर ठूलो मात्रामा प्रतिबन्धित लागुऔषध बरामद गर्दै आएको छ । गत मंसिर महिना २८ गते विभिन्न स्थानबाट ५४ के.जी. लागु औषध अवैध गाँजा, बरामद गरेको थियो,
तथा मंसिर १५ गते ४६००,सय लागु औषध टब्लेट ट्राभेट टब्लेट बरामद गरेको थियो,
यसै अभियान अन्तर्गत ६४ केजी, ४.५० ग्राम गाँजा
बरामद गरिएको र नियन्त्रणमा लिइएका व्यक्तिहरूलाई आवश्यक कानुनी कारवाहीका लागि ईलाका प्रहरी कार्यालय सेम्राैनगढकमा राखिएको प्रहरी निरीक्षक कृष्ण देव साहले जानकारी दिएको छन् ।
स्थानीयवासी तथा सुरक्षा विज्ञहरूले बारा जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुवरको सक्रियता, कडाइ र फिल्ड–केन्द्रित नेतृत्वले बारामा प्रहरीको छवि अझ मजबुत बनेको बाराका स्थानीयहरुले बताउँछन् ।
त्यस्तै, मधेस प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) गोविन्द थपलियाको स्पष्ट रणनीति र शून्य सहनशीलताको नीति लागुऔषध नियन्त्रणमा निर्णायक सावित भइरहेको भन्दै स्थानीयद्वारा प्रशंसा समेत गरिएको छ ।
बारा जिल्लाका प्रहरी प्रमुख नरेन्द्र कुवरले आगामी दिनमा पनि सीमा अपराध, लागुऔषध ओसारपसार र तस्करीविरुद्ध अझ कडा र प्रभावकारी अभियान जारी रहने स्पष्ट पारेको छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles