




आज मिति २०८२/०९/११ गते मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) गोविन्द थपलियाज्यू समेतको टोलीले जिल्ला प्रहरी कार्यालय सिरहाको मातहतमा रहेको इलाका प्रहरी कार्यालय लहान सिरहाको निरीक्षण गर्नु भई विभागीय नीति निर्देशन, लक्ष्य तथा उद्देश्य अनुरुप त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्न निर्देशन गर्नु भई सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई प्रहरीको काम कारवाही सेवा प्रवाह सम्बन्धमा सेवाग्राहीहरुको लागी गरिनु पर्ने प्रहरी सेवा नि:स्वार्थ एवं पारदर्शी तवरबाट प्रवाह गर्न आवश्यक निर्देशन समेत दिनु भएको छन् ।


