



सिम्रोनगढ ,१२ पुस।
बारा प्रहरीको ठुलो सफलता बारा प्रहरीद्वारा ६४ के.जी. भन्दा बडी प्रतिबन्धित लागु औषध गाँजा बरामद गरेको बारा प्रहरीले जनाएको छ ।
मिति २०८२।०९।०११ गते,२२.३०, बजेको समयमा जिल्ला बारा सिम्रोनगढ नगरपालिका वडा नं. ३ बढपुरवा स्थित बाट अवैध गाँजा ओसार पोसार भईरहेको सुचना पाएपछि प्रहरी निरीक्षक कृष्णदेव प्रसाद साहको कमान्डमा खटिगएको टोलि र प्रहरी चाैकी अमृतगंजका प्रहरी सहायक निरीक्षक विश्वराज कुस्वाको टोलीलाई देखी गाँजा तस्करी गर्ने ४ जना ब्यक्ति मधे दुई जना गाँजाको बोरा फलिएर भागेको छन् , र दुई जनालाई बारा प्रहरीले पक्राउ गर्न सफल भएका छन् ।
नेपालबाट भारत तर्फ चार जना मानिस पिठयुमा बोकी लैजाँदै गरेको ४ वटा प्लाष्टिकको पोका छोडि ब्यक्तिहरु भागि गएकोमा दुई जाना पक्राउ परेको र उक्त पोकाहरु खोली हेर्दा ६४ के.जी. ४.५०, ग्राम लागु औषध गाँजा फेला पारेको र उक्त गाँजा नियन्त्रणमा लिई आवश्यक प्रकृया पुरा गरी ईलाका प्रहरी कार्यालय सेम्रोनगढ बुझाएको बाराका प्रहरी सहायक निरीक्षक विश्वराज कुस्वाले जानकारी दिएको छन् ।
इलाका प्रहरी कार्य बाराका प्रहरी प्रमुख कृष्ण देव प्रसाद साह प्रहरी निरीक्षकले ६४ किलो ४.५० ग्राम लागु औषध र दुई जना मानिससहित बारा प्रहरीले पक्राउ गरेको हो निरीक्षकले जानकारी दिएको छन् ।


