Sunday, February 1, 2026

सशस्त्र प्रहरी बल नेपाल पर्साद्वारा लाुगु औषध गाँजा बरामद :-

ताजा / भरखरै प्राप्त

सशस्त्र प्रहरी बल, नेपाल पर्साद्धारा प्रतिबन्धित लागु औषध गाँजा सहित २ जना मानिस पनि नियन्त्रणमा लिएको सशस्त्र प्रहरी पर्साले जानकारी दिएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साले सीमावर्ती ईलाकाबाट हुने चोरी तस्करी तथा लागुऔषध ओसारपसारका घटनालाई नियन्त्रण गर्ने आफ्नो अभियानलाई तिव्रता दिदै आईरहेको छन् ।
सीमा ईलाकामा प्रभावकारी सुरक्षा परिचालन मार्फत कडा निग्रानी राख्दै जुनसुकै सीमा अपराध नियन्त्रण गर्ने कार्यमा दत्तचित्त भई लागिरहेको जनाइएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय तथा सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनीको नीति एवं निर्देशन बमोजिम लागुऔषध ओसारपसार नियन्त्रणलाई अभियान कै रुपमा संचालन गरिरहेको यस सशस्त्र प्रहरी बल नेपाल, पर्साले विभिन्न समयमा पर्सा जिल्लाका विभिन्न स्थानहरुबाट भारी मात्रामा लागुऔषध बरामद गरी सम्बन्धित कार्यालयमा बुझाउदै आईरहेको देखिन्छ ।
गत मंसिर महिनामा मात्र विभिन्न स्थानहरुबाट ३२३ के.जी. प्रतिबन्धित गाँजा, पौष ०९ गते विन्दबासिनी गापा-५ प्रसौनिभाठा स्थित धुताहा खोलाबाट १२० के.जी. प्रतिबन्धित गाँजा र पौष १० गते वीरगंज म.न.पा.-१६ ईनर्वा बाट ७३८ फायल नाईट्राभेट बरामद गरी नेपाल प्रहरीलाई बुझाएको थियो।

सोही क्रममा मिति २०८२ साल पौष १२ गते जिल्ला पर्सा पटेर्वासुगौली गा.पा.-५ मनिहर्वा चोकमा सुरक्षा बेश पोखरीयाबाट स.प्र.ना.उ. शम्भु कटुवालकों कमाण्डमा रहेको मोबाईल गस्ति टोलीले चेक प्वाईन्ट थापि चेकजाँच गर्ने क्रममा नेपालबाट भारत तर्फ लैजाँदै गरेको जिल्ला पर्सा, पकाहामैनपुर गा.पा.- ५ सबैठवा बस्ने बर्ष ४३ को रबिन्द्र महतो सवार BR22U 1178 नं.को मो.सा.को डिकिमा लुकाई छिपाई राखेको अं. ५ के.जी. र देश भारत, जिल्ला बेतिया, बेहरा झुम्का-१४, घर भएका बर्ष ३७ को अशोक महतो सवार, BR22A 5302 नं.को मो.सा.को सिट मुनि लुकाई छिपाई राखेको अवस्थामा ४ के.जी. ३०० ग्राम लागु औषध गाँजा गरि जम्मा ९ के.जी. ३०० ग्राम गाँजा फेला पारेको हुँदा उक्त लागु औषध गाँजा र मो.सा.सहित निजहरुको साथमा रहेको मोबाईल २ थान, भारतीय रुपैया १४५०।- सहित निजहरुलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीमा बुझाएको सशस्त्र प्रहरी पर्साले जनाएको छ ।

सशस्त्र प्रहरी पर्साले प्रतिबन्धित लागु औषध गाँजा बरामद गरेको हो, सुचना अधिकारी
स.प्र.ना.उ.विश्वराज योन्जन
सशस्त्र प्रहरी वल, नेपाल नं.१३ गण हे.क्वा.पर्साले जानकारी दिएको छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles