Sunday, February 1, 2026

पर्सा प्रहरीद्वारा ९ केजीभन्दा बढी गाँजासहित दुई पक्राउ:-

ताजा / भरखरै प्राप्त

पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका–५ मनिहर्वा चोकबाट सशस्त्र प्रहरी पर्साले शनिबार ९ केजी ३०० ग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको सशस्त्र प्रहरीले जनाको छ ।
पर्साका हुलाकी सडकखण्डअन्तर्गत पर्ने मनिहर्वा चोकमा सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) शम्भु कटुवालको नेतृत्वमा खटिएको टोलीले दुई वटा मोटरसाइकलमा सवार व्यक्तिहरूलाई शंका लागेर खानतलासी गर्दा ठूलो परिमाणको गाँजा बरामद गरेको हो ।
पक्राउ पर्नेमा पर्सा जिल्लाको पकहाँ मैनपुर गाउँपालिका–५ सबैठवा निवासी ४३ वर्षीय रविन्द्र महतो र भारत बिहार राज्यको बेतिया जिल्लाको झुम्का घर भएका ३७ वर्षीय अशोक महतो रहेका छन् ।
सशस्त्र प्रहरीले रविन्द्र सवार बीआर २२ यू ११७८ नम्बरको मोटरसाइकलको डिक्कीबाट ५ किलोग्राम गाँजा बरामद गरेको जनाएको छ, र त्यसैगरी अशोक सवार बीआर २२ ए ५३०२ नम्बरको मोटरसाइकलको सिटमुनि लुकाएर राखिएको ४ किलोग्राम ३०० ग्राम गाँजा फेला परेको सशस्त्र प्रहरी डिएसपीले जनाएको छन् ।
गाँजा फेला परेपछि दुवै मोटरसाइकलसहित चालकद्वयलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय पर्साको पटेर्वा सुगौलीमा बुझाइएको सशस्त्रका डिएसपी सम्भु कटुवालले जानकारी दिएको छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles