उदयपुरका प्रहरीले तीस बोरा अवैध लागु औषध सहितको बलेरो गाडी पक्राउ गरेको छन् ।
इलाका प्रहरी कार्यालय बेल्टार उदयपुर र लागु औषध नियन्त्रण व्यूरो विराटनगरबाट खटी गएको टोलीले रामपुरबाट गाईघाट तर्फ आउँदै गरेको को १ ज ३४५६ नं. को बोलेरो गाडीलाई चेकजाँच गर्दा सोही गाडीमा लुकाइ छिपाई ल्याउँदै गरेको ३० बोरा गाँजा, तौल गर्दा बोरा सहित ७६३.७६ किलोग्राम फेला पारी गाँजा, बोलेरो चालक ऐ. बेलका न.पा. वडा नं.०६ बस्ने अ. वर्ष २३ को रविन कुमार राई र सोही गाडीमा सवार ऐ. वडा नं.०९ बस्ने अ. वर्ष २८ को राम बहादुर राईलाई नियन्त्रणमा लिइ इ.प्र.का. बेल्टार उदयपुरमा ल्याइ राखि थप अनुसन्धान कार्य जारी रहेको जनाएको छन् ।


